अर्थ/वाणिज्य

भारतबाट सयपत्री फूलको माला आयातमा रोक

काठमाडौं । भारतबाट सयपत्री फूलको माला आयातमा रोक लगाइएको छ । सरकारले तिहारमा आन्तरिक उत्पादनले नै माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाएको हो । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा...

मकवानपुरमा २८ ग्राहकको एकैदिन लाइन काटियो

मकवानपुर । मकवानपुरमा विद्युत महशुल नतिर्ने २८ ग्राहकको एकैदिन लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको पालुङ वितरण केन्द्रले सोमबार २८ ग्राहकको लाइन काटेको हो । प्राधिकरणको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार, लामो समयदेखि बक्यौता रकम नतिर्ने क्रम बढ्दै गएपछि लाइन काट्ने अभियान सुरु गरेको हो ।...

असोज महिनासम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आवको असोज महिनासम्ममा देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । जहाँ देशको आयात चार खर्ब...

पछिल्लो दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार, गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो...

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार भएको छ...

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नियमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो । निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...

राष्ट्र बैंकले बढाएको सुनको कोटा कार्यान्वयनमा आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै बढाएको सुनको कोटा कार्यान्वयनमा आएको छ । ढुकुटीमा विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले कोटा बढाएर दैनिक २० किलो सुन आयात कार्यान्वयनमा ल्याएको हो । यसअघिको सीमाअनुसार वाणिज्य बैंकबाट दैनिक १० केजी सुन आयात हुँदै आएको थियो ।...

दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट...

सोमबार ५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको छ । यसअघि आइतबार नेप्से परिसूचक १९ अंकले...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको...