नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढ्यो

तु खबर संवाददाता
२०८१ जेष्ठ २८,सोमबार १८:१४
file-photo

काठमाडौं । सोमबार शेयर बजार उकालो लागेको छ । आज शेयर ८ दशमलव ९० अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

नेप्सेका अनुसार, आज झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भएको छ ।

यस्तै, परिसूचक २०८२ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा ४ दशमलव ५९ अङ्कको गिरावट आएको थियो ।

यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।