विश्व विविध

कोरोना अपडेट– संक्रमणमा भारतले उछिन्यो चीनलाई

भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ । कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १ सय ३९ जना बढी छ । शुक्रबार साँझ ९ बजेसम्मको तथ्यांकअनुसार भारतमा ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय...

चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए...

कोरोना अपडेट– विश्वभर २ लाख ९१ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार, विश्वभर २ लाख ९१ हजार ९ सय ४२ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या सबैभन्दा धेरै...

कोरोना अपडेट– फ्रान्समा झण्डै २७ हजारको मृत्यु

काठमाडौं । फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै २७ हजारको मृत्यु भएको छ । फ्रान्सका संक्रमणका कारण २६ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार,...

लकडाउन खोल्न हतार गरे थप मानवीय क्षति हुने चेतावनी

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले लकडाउन खोल्नेबारे सिनेटरहरुलाई चेतावनी दिएका छन् । उनले देशमा लकडाउन खोल्न हतार गरिएमा संक्रमण तीव्र रुपमा फैलिने उनको चेतावनी छ । उनले लकडाउन खोल्नका लागि यसअघि घोषणा गरिएका विभिन्न योजनाहरुको पालना नगर्ने हो भने लाखौं अमेरिकी संक्रमणको चपेटामा आउनसक्ने बताए । उनले...

कोरोना अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु

रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ । भेन्टिलेटरबाट आगलागी सुरु भएको बताइएको छ । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन ।

पूर्वी सुडानमा दुई जातीय समूहबीच झडप, तीन जनाको गयो ज्यान

खार्तुम । सुडानको पूर्वी शहर कसलामा दुई जातीय समूहबीच झडप हुँदा तीन जनाको ज्यान गएको छ । झडपमा ७९ जना घाइते भएको राज्यका कार्यवाहक गभर्नरले आइतबार रोयटर्सलाई बताएका छन्। बेनी आमेर र नुवा नामका यी दुई जातीय समूहको सम्बन्ध विगतदेखि तनावपूर्ण रहँदै आएको छ। बिहीवार उनीहरू बिच पुनः झडप...

मलेसियाले ९ जूनसम्म लकडाउन थप्यो

मलेसियाले कोरोना संक्रमणको राकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि पुनः थपेको छ । मलेसियाले लकडाउनको अवधि ९ जूनसम्म थपेको हो । मलेसियाले कोरोना संक्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ । मलेसियामा आर्थिक गतिविधि लगभगजसो...

कोरोना अपडेट– कतारमा संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुग्यो

काठमाडौं । कतारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपालीको संख्या २ हजार नाघेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कतारमा शनिबार साँझसम्म २ हजार ३ सय नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको हो । कतारमा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ३१ जना...

कोरोनाको कारण भारतमा एकैदिन ११६ जनाको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एकै दिनमा १ सय जना भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार, भारतमा एकैदिन एक सय १६ जनाले ज्यान गुमाएका हुन् । योसँगै भारतका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १ सय १ जना...