चीनसँगको सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् ।
ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई इंगित गरेका हुन् । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।
पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।
यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ ।
