कोरोना अपडेट– विश्वभर २ लाख ९१ हजारको मृत्यु
काठमाडौं । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९१ हजार भन्दा बढीको मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार, विश्वभर २ लाख ९१ हजार ९ सय ४२ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा छ। त्यहाँ ८२ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ४२ लाख ६१ हजार ७ सय ४७ पुगेको छ ।
संक्रमितको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा नै रहेको छ । त्यहाँ १३ लाख ६७ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
