कोरोना अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु

ऐजेन्सी
२०७७ बैशाख ३०, मंगलवार १४:४६
file photo

रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ ।

भेन्टिलेटरबाट आगलागी सुरु भएको बताइएको छ । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*