पूर्वी सुडानमा दुई जातीय समूहबीच झडप, तीन जनाको गयो ज्यान

एजेन्सी
२०७७ बैशाख २९, सोमबार १४:३८
file photo

खार्तुम । सुडानको पूर्वी शहर कसलामा दुई जातीय समूहबीच झडप हुँदा तीन जनाको ज्यान गएको छ ।

झडपमा ७९ जना घाइते भएको राज्यका कार्यवाहक गभर्नरले आइतबार रोयटर्सलाई बताएका छन्।

बेनी आमेर र नुवा नामका यी दुई जातीय समूहको सम्बन्ध विगतदेखि तनावपूर्ण रहँदै आएको छ।

बिहीवार उनीहरू बिच पुनः झडप भएको हो।

शुक्रवार केही घरहरुमा आगो लगाउने काम भएपछि झडपले तीब्र रुप लिएको ब्रिगेड महमूद बेकर होमले एक विज्ञप्तिमा भनेका छन्।

बिहीवार भएको झडपको कारण स्पष्ट हुन सकेको छैन।

बेनी आमेर र नुवा बीच भएको हिंसाबारे जनवरीमा पोर्ट सुडानमा स्थानीय डाक्टरहरूको समूहले रिपोर्ट गरेको थियो।

उक्त हिंसामा आठ जना मारिएका थिए भने दर्जनौं घाइते भएका थिए।

दुई समूहबिच सेप्टेम्बर २०१९ मा मेलमिलाप गर्ने सहमति भएको थियो।

हेमेडिटी भनेर पनि चिनिने सुडानका शीर्ष सैन्य कमाण्डर जनरल मोहम्मद हमदान डागालोले दुई समूहले मेलमिलाप गर्न प्रतिबद्धता नगरेमा देशबाट निकाल्ने धम्की दिएपछि उनीहरूबिच सहमति भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*