विश्व विविध

विश्वभर ८१ औं संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै

न्युयोर्क । विश्व–व्यापी शान्ति, सहअस्तित्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको मुख्य खम्बा मानिएको संयुक्त राष्ट्रसंघको स्थापना भएको ८१ वर्ष पूरा भएको छ । सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको वडापत्र औपचारिक रूपमा कार्यान्वयनमा आएको ऐतिहासिक दिनको स्मरणमा संसारभर विविध चेतनामूलक र औपचारिक कार्यक्रमका साथ ‘संयुक्त राष्ट्रसंघ दिवस’ मनाइँदैछ ।...

क्यानाडाद्वारा एक्सप्रेस इन्ट्री प्रणालीमा व्यापक परिवर्तनको घोषणा

क्यानाडा सरकारले एक्सप्रेस इन्ट्री प्रणालीमा व्यापक परिवर्तनको घोषणा गरेको छ। क्यानेडियन कार्यबलको पूरक बन्न र आर्थिक वृद्धिलाई अघि बढाउन दक्ष प्रतिभाहरूलाई आकर्षित गर्ने र टिकाइराख्ने नीति अनुरुप यसमा व्यापक परिवर्तन गरिएको क्यानाडा सरकारले जनाएको छ । अध्यागमन, शरणार्थी र नागरिकता मन्त्री लीना मेटलेज दियाबले क्यानाडाको आर्थिक र श्रम बजारका...

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालसहित १५ राष्ट्रलाई परिषद्को सदस्यमा निर्वाचित गर्दा नेपाल समेतका निर्वाचित देशहरुले सन् २०२९ सम्म सदस्यको रुपमा कार्यकाल सम्हाल्ने छन् । संयुक्त राष्ट्रसंघमा भएको गोप्य मतदानबाट नेपाल आगामी जनवरी १ देखि तीन वर्षे कार्यकालका लागि...

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू पारिस्थितिक संकटको अग्रपंक्तिमा छन्ः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक संकटको अग्रपंक्तिमा रहेको बताएका छन् । फिजीमा मंगलबार आयोजित प्रि–कोप लिडर्स इभेन्टअन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’लाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गरेको नेपालको...

नेपालको कूटनीतिक छवि उच्च बनायो : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पारेका छन्। उनले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको ८१औँ महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारेका हुन् । महासभाको बैठकमा सहभागिता जनाएर...

संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औं अधिवेशनको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा डा। रहमानलाई बधाई दिदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै,उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग...

संयुक्त राष्ट्रसंघमा क्यानाडा र भारतबीच सम्बन्ध सुदृढ गर्ने विषयमा विदेशमन्त्रीबीच छलफल

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा क्यानाडाकी विदेश मन्त्री अनिता आनन्द र भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीचको कूटनीतिक सम्बन्धका साथै व्यापार, ऊर्जा र सुरक्षा क्षेत्रका विविध आयामबारे विस्तृत छलफल भएको छ। जनस्तरको प्रगाढ सम्बन्ध र लगभग ८० वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई उनीहरूले...

अमेरिकाले नेपालसँगको सम्बन्धमा व्यावसायिक सहकार्य र लगानीलाई जोड दिएको छ: विदेश मन्त्रालय

न्युयोर्क । अमेरिकाले नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन लगानी र व्यावसायिक सम्बन्धलाई महत्वपूर्ण क्षेत्रका रूपमा हेरेको अमेरिकी विदेश मन्त्रालयका एक जना बरिष्ठ अधिकारीले बताएका छन् । अमेरिकाले आफ्ना कम्पनीहरु नेपालमा गएको र नेपाली कम्पनीहरु अमेरिकामा आएको देख्न चाहेको पनि ती अधिकारीले बताएका छन् । नेपालको जटिल भूराजनीतिक अवस्थालाई अमेरिकाले...

अमेरिका नेपालको बाढी प्रतिकार्यमा सबैभन्दा ठूलो दाता बनेकोमा गर्व छ: मोरिसन

अमेरिकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसनले नेपालमा बाढी प्रतिकार्य तथा पुनस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर पुगेको र अमेरिका अहिले उक्त प्रतिकार्यको सबैभन्दा ठूलो दाता बनेकोमा गर्व महसुस गरेको बताएकी छिन्। प्रभावकारी प्रतिकार्यसहित ३ करोड ६० लाख डलर सहयोग पुर्‍याउन सकिएको र यसले आफूलाई गर्व लागेको उनको...

जलवायु संकट सम्बोधनका लागि सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सीस् अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका...