विश्व विविध
अमेरिका इतिहासकै सबैभन्दा बलियोः राष्ट्रपति ट्रम्प
संयुक्त राष्ट्रसंघ ,न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इतिहासकै सबैभन्दा बलियो, समृद्ध र सुरक्षित अवस्थामा रहेको बताएका छन् । दुई वर्षअघि आफ्नो देश मृत अवस्थामा रहेको उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिका संसारकै सबैभन्दा आकर्षक देश बनेको बताएका छन् । मंगलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित महासभामा बोल्दै राष्ट्रपति...
अमेरिकाद्वारा नेपालमा बाढीबाट भएको क्षतिमा दुख व्यक्त
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रसुवा बाढीबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका छन् । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताको तर्फबाट शुभकामना दिँदै विदेशमन्त्री रुबियोले हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै घाइते र प्रभावित परिवारमा समवेदन व्यक्त गरेका हुन् । रसुवामा आएको अप्रत्यासित र भीषण...
महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार न्युयोर्क आउने
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार न्युयोर्क आइपुग्दैछन् । यस अघि खनालको नेतृत्वमा महासभामा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तय भएको भएपनि रसुवा बाढीपछि सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघमा जाने निर्णय गरेको थियो । शाहले भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौँ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर...
‘ड्युरेसन अफ स्टाटस’ सम्बन्धी नयाँ नियम लागु नगर्न अदालतको आदेश
अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि ड्युरेसन अफ स्टाटस हटाउने अमेरिकी होमल्याण्ड सेक्युरिटीको नयाँ नियमलाई अदालतले रोक लगाएको छ । अमेरिकी जिल्ला न्यायाधीश एफ डेनिस सेलर चौथोले निषेधाज्ञा जारी गर्दै डयुरेसन अफ स्टाटसलाई हटाएर निश्चित समय अवधि दिने व्यवस्था गर्ने नियमलाई रोकेका हुन् । यहाँका उच्च...
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ता आज उपराष्ट्रपतिको कार्यालयमा भएको हो। भेटवार्तामा नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ...
विश्वको सुरक्षा चुनौती सामना गर्न बलियो साझेदारी आवश्यक : प्रहरी महानिरीक्षक कार्की
न्युयोर्क । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विश्वभर आतंकवाद, साइबर अपराध र जलवायु परिवर्तनजन्य सुरक्षा चुनौतीहरू जटिल बन्दै गइरहेको अवस्थामा यसको सामना गर्न बलियो अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयता आवश्यक रहेको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले...
सन् २०३० को गन्तव्य भेटाउन सामूहिक कार्य गर्न इकोसक अध्यक्ष थापाको आह्वान
गिरिजा अधिकारी, न्युयोर्क संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्का अध्यक्ष एवं तथा नेपालका स्थायी प्रतिनिधि लोक बहादुर थापाले वर्तमान विश्वमा शान्ति, समृद्धि र दिगोपनालाई अलग-अलग गरेर हेर्न नसकिने बताएका छन् । न्यूयोर्कमा आयोजित सन् २०२६ को दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले...
द्वन्द्व र भूराजनीतिक तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको चिन्ता
गिरिजा अधिकारी, न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर तीव्र रूपमा बढ्दै गएको द्वन्द्व र भूराजनीतिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दिगो शान्ति स्थापनाका लागि विश्वव्यापी प्रतिबद्धता नवीकरण गर्न अपिल गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापना आयोगको वार्षिक सत्रलाई सम्बोधन गर्दै महासचिव...
कम्बोडियाबाट तत्काल नेपाल फर्किन नेपालीहरूलाई राजदूतावासको आग्रह
थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा गैरकानुनी तरिकाले बस्दै आएका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै भिसा अवधि समाप्त भएपछि नवीकरण नगरी कम्बोडियामा बस्दै आएका ६६ जना नेपालीलाई नेपाल फर्किन भनेको हो। भ्रमण लगायतका विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसा अवधि सकिएपछि पनि त्यहीँ बसेपछि राजदूतावासले...










