विश्व विविध
कोरोना– इटालीलाई पछि पार्दै तेस्रो स्थानमा ब्राजिल
कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै नागरिक गुमाउने मुलुकको तेस्रो स्थानमा ब्राजिल रहेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या बिहीबार ३४ हजार नाघेपछि इटालीलाई पछि पार्दै तेस्रो स्थानमा रहेको हो । बितेका २४ घण्टामा ब्राजिलमा १४ सय ७३ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको...
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड
अमेरिकामा रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ। अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो। प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ। गान्धीको प्रतिमामाथिको तोडफोड यही...
जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारीकी पत्नीले मागिन् डिभोर्स
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा प्रदर्शन जारी रहेको छ । लगातार एक सातादेखि जारी प्रदर्शन अझै रोकिने संकेत देखिएको छैन । यसैक्रममा अश्वेत जर्ज फ्लोइडको हत्या गर्ने प्रहरी अधिकारी डेरेक चौभिनकी पत्नी केलीले उनीविरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन् । सीएनएनका अनुसार जर्जको हत्या २५ मेमा...
पाकिस्तानमा कोरोनाका कारण एक मन्त्रीको मृत्यु
पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक जना मन्त्रीको मृत्यु भएको छ । संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको...
लकडाउनका कारण डिप्रेसनको खतरा
हाल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको छ । बालबालिका तथा...
कोरोना संक्रमित संख्याको चौथो स्थानमा ब्राजिल, इटाली र स्पेनलाई पनि उछिन्यो
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको ब्राजिलको अवस्था भयावह बन्दै गएको हो । ब्राजिलभन्दा बढी अमेरिका, रुस र...
मोबाइल भिडियोका कारण २ युवतीको हत्या
काठमाडौं । पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडियोका कारण २ युवतीको हत्या भएको छ । उत्तर र दक्षिण वजिरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती २ जनालाई गत साता आफ्नै परिवारका १ सदस्यले गोली हानेर हत्या गरेको बताइएको छ । प्रहरीका अनुसार २ युवतीको १ युवकसँगको छोटो भिडियो सामाजिक सञ्जालमा...
अमेरिकन आइडलमा नेपाली युवा गायक दिवेशले जित्ने सम्भावना !
काठमाडौं । अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ । एबिसी, च्यानल १० बाट प्रसारण हुने उक्त सो अमेरिकी समयअनुसार साँझ ७ बज सुरु हुनेछ । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । उक्त सो मा...
इजरायलका लागि चिनियाँ राजदूत मृत फेला
इजरायल । इजरायलमा चिनियाँ राजदूत डु वेइको निधन भएको छ । राजधानी तेल अभीभस्थित आफ्नै निवासमा राजदूत वेइ मृत फेला परेका हुन् । इजरायली मिडियाका अनुसार ५८ वर्षीय डुलाई उनकै शयन कक्षमा मृत पाइएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन । गत फेब्रुअरीमा उनी इजरायलका लागि चिनियाँ...
खोप पत्ता लागोस् वा नलागोस्, अमेरिका खुल्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को खोप पत्ता नलागे पनि अमेरिका खुल्ने बताएका छन् । उनले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसको खोप पत्ता लाग्ने घोषणा पनि गरे । खोप पत्ता नलागे पनि अमेरिकीहरूको जनजीवन सामान्य अवस्थामा फर्किने उनले बताएका छन् । धेरै विशेषज्ञहरुले यस वर्षको अन्तिमसम्ममा कोरोना...









