कोरोना अपडेट– संक्रमणमा भारतले उछिन्यो चीनलाई
भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ । कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १ सय ३९ जना बढी छ ।
शुक्रबार साँझ ९ बजेसम्मको तथ्यांकअनुसार भारतमा ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना संक्रमित छन् ।
भारतमा शुक्रबार एक दिनमै भारतमा १ हजार ७५ जनामा संक्रमण फेला परेको थियो ।
चीनमा हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत एघारौं स्थानमा पुगेको छ । यसअघि चीनभन्दा एक स्थान तल थियो।
भारतमा केही दिनयताको कोरोना परीक्षणमा त्यस्ता व्यक्ति बढी संक्रमित पाइएका छन्, जो हालसालै अर्को कुनै ठाउँबाट फर्केका थिए। नेपालसँग सीमा जोडिएका बिहार, उत्तरप्रदेशसहित झारखण्ड, उडिसा, छत्तीसगढ, आन्ध्राप्रदेश, तेलंगना, गोवा लगायत राज्यमा यही अवस्था छ ।
