कोरोना अपडेट– फ्रान्समा झण्डै २७ हजारको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख ३१, बुधबार ०८:४९

काठमाडौं । फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै २७ हजारको मृत्यु भएको छ ।

फ्रान्सका संक्रमणका कारण २६ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो ।

यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार ३ सय ४९ पुगेको छ ।

फ्रान्समा बितेको २४ घण्टामा ३४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*