अर्थ/वाणिज्य

नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू आवको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार, यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची निर्यात...

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने आज असार २३ गते अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ बिक्री गर्न लागेको हो ।...

एसईईको प्रश्नपत्र प्रति केजी १७ रूपियाँमा बिक्री

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर...

कैलाश गाउँपालिकाको बजेट पारित

मकवानपुर । कैलाश गाउँपालिकाको दशौं गाउँसभाले समृद्ध कैलाश निर्माण गरौं भन्ने सोचका साथ बुधबार ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाई, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँ सभाद्वारा...

४६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको छ । परिसूचक घटेसँगै कारोबार समेत खुम्चिन पुगेको छ । मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर किनबेच हुँदा...

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको...

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाले गत असार १२ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले पारित गरेको हो । बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक...

५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४...

देशभरका ७५३ मध्ये २५३ स्थानीय तहको मात्रै बजेट सार्वजनिक

काठमाडौं । देशभरका २५३ वटा स्थानीय तहले मात्रै आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १४ गते मंगलबारसम्म ७५३ स्थानीय तहमध्ये २५३ वटा स्थानीय तहले मात्रै बजेट ल्याएको जनाएको छ । संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक...

बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता

मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् । एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर...