अर्थ/वाणिज्य

नोटबन्दी गरिएका पुराना भारतीय नोट ‘विदेशी मुद्रा’ होइनन्: सर्वोच्च अदालत

सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका भारु ५०० र १ हजार दरका पुराना नोटलाई ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत विदेशी मुद्रा वा विदेशी विनिमय मान्न नमिल्ने व्याख्या गरेको छ । भारतले कानुनी रूपमै अमान्य बनाइसकेका नोटलाई विदेशी मुद्राको परिभाषाभित्र राख्न नसकिने ठहर गर्दै सर्वोच्चले यस्तो महत्त्वपूर्ण व्याख्या...

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। उनलाई ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौं उपत्यका प्रहरी परिसर, भद्रकालीको टोलीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरको विषयमा अनुसन्धान...

राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह र शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ...

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ मा नेपालको वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोषले सार्वजनिक गरेको पछिल्लो विश्व आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२५ को तुलनामा घट्नेछ। सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरिएको छ भने सन्...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार यस वर्ष रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले समष्टिगत आर्थिक स्थिरीकरणका लागि व्यष्टिगत आर्थिक आधार विकास गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। हल र उडफोर्डको अनुसन्धानले घरपरिवार तथा व्यवसायका आर्थिक...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले उक्त बजेट प्रस्तुत गरेका हुन्। बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक...

अस्ट्रेलियाले नेपाललाई थप १ करोड ५० लाख अष्ट्रेलियन डलर सहयोग गर्ने

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग मेलबर्नमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, बाढीपछिको पुनःस्थापना, जलवायु परिवर्तन, नेपाली विद्यार्थी, शिक्षा तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ। भेटमा नेपालका तर्फबाट हालैको विनाशकारी बाढीपछि अस्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद दिइएको थियो। त्यस अवसरमा अस्ट्रेलियाले नेपालमा बाढीपीडितको राहत तथा...

अग्रवाललाई थुनामुक्त गराउने प्रयास असफल, बन्दीप्रत्यक्षीकरण रिट नै दरपीठ

व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएपछि उनका परिवारका...

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको...

साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो

चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब...