अर्थ/वाणिज्य
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौँ। रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले भोटेकोसी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरेका...
बाढीले सडक पूर्वाधार तहसनहस: क्षति ३० अर्ब, पुनर्निर्माणलाई ५० अर्ब लाग्ने
भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको प्रारम्भिक आकलन गरिएको हो । क्षतिग्रस्त संरचनालाई पुनः सञ्चालनमा ल्याउनेदेखि दीर्घकालीन रूपमा थप सुरक्षित र...
उद्धार कोषमा रकम पठाउँदा सावधान रहन राष्ट्र बैंकको ७ बुँदे निर्देशन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। रकम जम्मा गर्नुअघि सामाजिक सञ्जाल, ईमेल र मेसेजिङ एपमार्फत फैलिएका अनधिकृत विवरण प्रयोग नगरी नेपाल राष्ट्र...
तातोपानी नाका बन्द गर्ने चिन सरकारको निर्णय
चीनले नेपाल–चीन व्यापारको महत्वपूर्ण स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोदारी क्षेत्रमा क्षतिग्रस्त सडक मर्मत गरी नाका पुनः सञ्चालनको तयारी भइरहेका बेला चिनियाँ पक्षले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी इमेल मार्फत गराएको हो । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण...
अनलाइन व्यापार गर्ने सबै व्यवसायी अनिवार्य दर्ता हुनुपर्ने
काठमाडौं । सरकारले डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, मार्केटप्लेस तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन ताकेता...
वाणिज्य बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, २० बैंकले कमाए ६९ अर्ब ८६ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नाफा अघिल्लो आर्थिक वर्षको...
स्थानीयलाई १०० रुपैयाँमै आईपीओ दिन अर्थसमितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँकै अंकित मूल्यमा साधारण सेयर (आईपीओ) उपलब्ध गराउन सरकार र नियामक निकायलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा भएको व्यवस्थाअनुसार आयोजना प्रभावित स्थानीयका लागि छुट्याइने १० प्रतिशत सेयर अंकित मूल्यमा नै...
५जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ। प्राधिकरणले शुक्रबार जारी गरेको...
नागरिक र उद्योगीलाई राहत दिन अर्थमन्त्री र राष्ट्र बैंकबीच छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक र निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूलाई सहजीकरण गर्न सकिने उपायहरूबारे नेपाल राष्ट्र बैंकका विभागीय प्रमुखहरूसँग छलफल गरेका छन् । अर्थ मन्त्रालयको आयोजनामा बुधबार भएको छलफलमा नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए । छलफलको सुरुवात गर्दै अर्थमन्त्रीले भने, “तपाईंहरू राष्ट्र बैंकको...
सार्वजनिक लेखा समितिमापरेका उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढाइने
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न समितिले सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ । समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गरिनुका साथै ती विवरण समितिका सदस्य सांसदहरूलाई वितरण गरिनेछ। संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरीका...










