अर्थ/वाणिज्य

पाँच बैंकिङ कसुरका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच...

पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय

अन्तर्राष्ट्रिय बजार मूल्यको अनुपातमा मूल्य नघटाएको सरकारले आज फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यराति अर्थात (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । आजको निर्णयसँगै अहिलेको बालेन्द्र शाह...

भ्याट विवादपछि विद्युत् प्राधिकरणले माग्यो राजस्व विभागको राय

काठमाडौं । विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको विषयमा जनस्तरमा विरोध बढेपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएपछि प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा...

डिल्लीबजारबाट पक्राउ परे व्यवसायी शंकर अग्रवाल

शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार सूचीमा रहेका उनलाई विशेष निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अग्रवालमाथि कर्जा दुरुपयोगसँग सम्बन्धित...

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा, के के छन् नयाँ व्यवस्था

वित्तीय प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नियामकीय सुधार, समष्टिगत विवेकशील नियमन, वित्तीय क्षेत्र सुधार तथा बैंकिङ सेवामा संरचनागत परिवर्तनका विभिन्न नीतिगत व्यवस्था अघि सारेको छ। राष्ट्र बैंकले अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेत देखापरेको अवस्थामा मौद्रिक...

असार अन्तिममा अर्थ मन्त्रालयद्वारा बजेट हेरफेर, तीन अर्ब ८६ करोड रकमान्तर

चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको...

सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अस्त्र बनाउने गल्ती गर्दैनौं: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन नसक्ने बताएका हुन् । उनले यस विषयलाई राजनीतिक हतियारका रूपमा अघि बढाउन...

मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको उक्त योजनामा वास्तविक कामभन्दा बढी काम भएको देखाई अस्वाभाविक दररेट कायम गरी तथा जनसहभागिताको रकमसमेत...

राष्ट्रिय जीवन कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन कम्पनीले आर्थिक बर्ष २०८३ / २०८४ को लागि नयाँ बीमालेखको बोनसदर घोषणा गरेको छ । कम्पनीको बोनसदर प्रत्येक बर्ष ५ रुपैयाँको दरले घट्दै गएको देखिएको छ । हाल कम्पनीले नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५० रुपैयाँ बोनस प्रति हजारका...

विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वउपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धामा अनुसन्धान गर्न...