इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

तु खबर संवाददाता
२०७९ पुष २१,बिहीबार १५:२४
filr-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रेस संयोजक शर्माका अनुसार, प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको उनले बताए ।