यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ ।
शेयरबजार बढेसँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोडमाथिको कारोबार भएको हो ।
आज सर्वाधिक हिमालयन डिष्टिलरीको ४३ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको २१ करोड ४१ लाख, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख, एनआइसी एशिया बैंकको ११ करोड ८४ लाख र नेपाल पुनर्बीमा कम्पनीको १० करोडमाथिको कारोबार भएको छ ।