दोहोरो अंकले बढ्यो शेयरबजार, ५ अर्ब ४ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ पुष २१,बिहीबार १५:५७
file-photo

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग इन्डेक्स र अन्य इन्डेक्स बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।