१ सय १ मतसहित धुलिखेल राजधानीका लागि अस्वीकृत

तु खबर संवाददाता
२०७६ पुष २७, आईतवार १०:५५

हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरिएको छ ।

सांसदहरुलाई आफ्नो मत सच्याउन ३ मिनेटको समय सकिएसँगै धुलिखेलको पक्ष र विपक्षमा सांसदहरुले दिएको मत परिणाम सभामुख श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

धुलिखेलको विपक्षमा १ सय १ सांसदले मतदान गरेपछि सभामुख श्रेष्ठले प्रदेशको राजधानीका लागि धुलिखेल अस्वीकृत भएको घोषणा गरे ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*