नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

तु खबर संवाददाता
२०८० कार्तिक २७, सोमबार १४:२३
file-photo

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरिने भएको छ । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भइरहेको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने बताइन् । त्यसका लागि कुनै डेडलाइन तोकिएको उनको भनाई छ ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’