मृतक विद्यार्थीको शव नेपाल पठाउँदा लाग्ने खर्च इजरायल सरकारले बेहोर्ने
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउँदा लाग्ने खर्च इजरायल सरकारले नै बेर्होने भएको छ ।
अघिल्लो शनिबार इजरालयमा भएको हमास आक्रमणमा परी मृत्यु भएको १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाउन लाग्ने सम्पूर्ण खर्च इजरायल सरकारले नै बेहोर्ने भएको हो ।
शव कहिले पठाउने भन्ने विषयमा भने यकिन हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन ढिलाइ भइरहेको छ । इजरायलमा धेरैको मृत्यु भएकाले उनीहरुको पहिचानमा समस्या भएको भन्दै इजरायल सरकारले त्यो प्रकृया पुरा गरेपछि शव नेपाल पठाउने भएको हो ।
