नेपाली स्वदेश ल्याउन नेपाल वायु सेवा नियमको जहाज इजरायल जाँदै
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीहरु स्वदेश ल्याउन आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार, आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।
दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको छ । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ । सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ ।
गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् ।
घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।
