इजरायल आक्रमणमा परेका १७ जनाको अवस्था सार्वजनिक
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।
दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको हो ।
जसमध्ये १० जनाको मृत्यु भएको जनाइएको छ भने तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेको दूतावसले जनाएको छ ।
दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि अनलाइन रजिस्ट्रेसन गर्न आह्वान गरेको छ ।
इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आह्वान गरिएको छ ।
यस्तै, मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
