हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्धार

तु खबर संवाददाता
२०७८ असार ७, सोमबार १४:१५

मकवानपुर । हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्धार गरिएको छ । सडक बालबालिकाको उद्धार र संरक्षणमा काम गर्दै आएको मामाघर नेपालले आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्र चौरबाट ६ जना बालक र १ जना बालिकाको उद्धार गरिएको हो ।

सडकमा बस्दै आएका बालबालिकाहरुको उनीहरुको स्थानीय व्यक्तिहरुको सहयोगमा उद्धार गरीएको मामाघर नेपालका संरक्षक अर्पण (शिवराज) पराजुलीले जानकारी दिए ।

सडक जीवन त्याग्न तयार नभएका ती बालकहरुलाई स्थानीय व्यक्तिहरुको परामर्श पछी पिसिआर परीक्षण गरि उनीहरुको उद्धार गरिएको जनाइएको छ । मामाघर नेपालमा बालकहरु मात्र राखिने भएकाले १ जना बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको पराजुलीले बताए ।

उद्धार गरिएका मध्ये केही बालबालिकाहरु लक डाउनको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका कारण उनीहरुलाई पारवारिक पुनः स्थापनाको पहल पनि भइरहेको उनले बताए । पुनः स्थापनाको लागि  उनीहरुको अभिभावकको खोजी कार्य गरी रहेको र बालबालिकाको अभिभावकलाई पनि अविलम्व सम्पर्कमा आउँन अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*