वार्षिकोत्सवको अवसरमा घरदैलो कार्यक्रम

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १८:४३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा घरदैलो कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माइती नेपाल मकवानपुरको आयोजनामा शुक्रबार भएको हो ।

माइती नेपाल मकवानपुरको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा हेटौंडा–८ का एक सय घरधुरीमा घरदैलो कार्यक्रम गरेको कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् । उनका अनुसार, कार्यक्रम ‘हाम्रो आवाज मावन बेचबिखनबाट मुक्त समाज’ भन्ने मूल नाराका साथ गरिएको थियो ।