मामाघर नेपाललाई आर्थिक रकम सहयोग
मकवानपुर । मोबाईल मर्मत तथा बिक्री गरिने हेटौंडाको द सिलिकन सोलुसनले आफ्नो वार्षिकोत्सवको अवसरमा मामाघर नेपाल मकवानपुरलाई आर्थिक रकम सहयोग गरेको छ ।
द सिलिकन सोलसनले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा मामाघर नेपाल मकवानपुरलाई आर्थिक रकम सहयोग गरेको हो ।
शुक्रबार सोलुसनमा सञ्चालक छतेन्द्र आचार्यले मामाघर नेपालका संरक्षक अपर्ण पराजुलीलाई नगद २३ हजार ६ सय २० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
आचार्यले सोलुसनमा मामाघर नेपाललाई सहयोगार्थ बाकसमा संकलित १३ हजार ६ सय २० रुपैयाँ र सोलुसनको तर्फबाट थप १० हजार रुपैयाँ गरी २३ हजार ६ सय २० रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरका अध्यक्ष दिनेश लामा, संचालनक आचार्य, संरक्षक पराजुली, म्यान मकवानपुरका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
