मामाघरलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १६:२३

मकवानपुर । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले मामाघर नेपालमा खाद्यान्न सहयोग गरेको छ । संघले आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा मामाघरलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । उक्त खाद्यान्न संघका अध्यक्ष नारायणलाल श्रेष्ठको सभाध्यक्षतामा हस्तान्तरण गरिएको हो ।

संघले मामाघर नेपालमा आश्रीत बालबालिकाहरुको लागि ६ बोरा चामल, एक बोरा चिउरा, एक बोरा मस्यौरा, एक बोरा दाल, तेल, लुगा धुने र नुहाउने साबुन सहयोग गरेको छ । खाद्य सामाग्री वितरण कार्यक्रममा मकवानपुरका औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।