समाचार

नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ

मकवानपुर । नक्कली नोटसहित मकवानपुरबाट पाँच जना पक्राउ परेका छन् । उनीहरुलाई बुधबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्वर ९ बस्ने १८ वर्षीय सीताराम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हेटौंडा–४...

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो । प्रतिनिधि सभा बैठक २ बजे बस्ने गरी आह्वान गरिएको थियो । तर, दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ घण्टा ढिला गरी बसेको हो ।

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, तोलामा एकैदिन २ हजार ३ सय रुपैयाँको वृद्धि आएसँगै छापावाल सुनको भाउ तोलामा १...

श्रीमतीको चरित्रहत्या गर्ने मकवानपुरका युवक पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल काठमाडौंको जडीबुटी बस्ने २४ वर्षीय एक युवक रहेका छन् । ती युवकलाई प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स...

कोशी प्रदेश सभाको बैठक आह्वान

विराटनगर । कोशी प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा यही वैशाख ३१ गते बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिस...

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा शुक्रबार रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बिच भागमा पूर्णरुपमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुषको सनाखत...

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म संचालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा प्रकाशित गरेको हो । दोस्रो चरणको लागि छनोट भएका ६...

प्रतिनिधि सभा बैठक अनिश्चित

काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको हो । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्...

वडाध्यक्ष कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर

बारा । जीतपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । बैशाख २७ गते बिहीबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडाध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाइएको छ । २०८० साल माघ १०...

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक हाल जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठक केहीबेर अघि सुरु भएको हो । सो बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्व मन्त्रीसमेत रहेका कांग्रेसका...