कांग्रेस संसदीय दलको बैठक जारी

तु खबर संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:१४
file-photo

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक हाल जारी छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठक केहीबेर अघि सुरु भएको हो ।

सो बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्व मन्त्रीसमेत रहेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित भएको थियो ।