प्रतिनिधि सभा बैठक अनिश्चित
काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको हो ।
बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले बैठक सुचारु ढंगले अघि बढाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सचेतकहरुसँगको छलफलबाट निष्कर्ष आएपछि कार्यव्यवस्था समितिको बैठक बस्ने र त्यसपश्चात प्रतिनिधि सभाको टुंगो लाग्ने जनाइएको छ ।
