साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको काठमाडौंमा औपचारिक सभा
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर तथा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँमा गर्दैछ। निर्वाचन आयोगमा दल दर्ता भएपछि पार्टीले आयोजना गरेको यो पहिलो औपचारिक सभा हो।
काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर सिफल चौरमा पुगेर कार्यक्रम सभामा परिणत गरिएको थियो। र्यालीमा सहभागीहरू राष्ट्रिय झण्डा बोकेर तथा पार्टीको चुनाव चिह्न अंकित प्लेकार्डसहित सहभागी भएका छन। श्रम संस्कृति पार्टीले दुई हातको अँजुलीमा लिएको माटोलाई आफ्नो चुनाव चिह्नको रूपमा पाएको छ।
सिफल चौरमा आयोजित सभालाई संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम नाम दिइएको छ। कार्यक्रममा पार्टी अध्यक्ष साम्पाङसहित नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ। कार्यक्रममा साम्पाङले पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गरेका हुन्।
पार्टीको काठमाडौं उपत्यका समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार तथा नयाँ सदस्य प्रवेशलाई मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएका छन्। अध्यक्ष साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।
