नेकपाको केन्द्रीय कमिटीको बैठक स्थगित

तु खबर संवाददाता
२०७७ कार्तिक १२, बुधबार १४:१३
File Photo

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको जानकारी दिएका छन् ।

बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गर्नुपरेको विज्ञप्तीमा भनिएको छ ।

स्थगित गरिएको बैठक मंसिर १५ देखि १७ गतेसम्म संचालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*