हेटौंडालाई राजधानी बनाएर इतिहास रचौँ : इन्द्रबहादुर बानियाँ

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार २०:२४
आज सोमबार प्रदेश ३ को प्रदेशसभामा धारणा राख्दै प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ ।

हेटौंडा, २१ पुस । प्रदेश नं. ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले संसदीय व्यवस्थामा दल हुने र दलले विशेष परिस्थितिमा ह्वीप लगाउन सक्ने बताएका छन् ।

उनले आज सोमबार बसेको संसदमा आफ्नो धारणा राख्दै हेटौंडा ऐतिहासिक, सामारिक दृष्टिकोणले हेटौंडाका लागि मात्र नभई देशकै लागि राजधानी हेटौंडा हुनुपर्ने बताएका हुन् ।

सबै माननीयहरुले आ आफ्ना धारणा दर्ज गर्न पाउने स्पष्ट पार्दै हेटौंडा हिजो पनि राजधानी थियो, आज पनि छ र भोलि पनि रहने बताए ।

नेपालको केन्द्रीय राजधानी हुम्ला, जुम्ला र ताप्लेजुङका जनतालाई पाएक पर्ने स्थानमा नभएको उदाहरण दिँदै बानियाँले हिजो ५ विकास क्षेत्र हुँदा पनि १९ जिल्लाको सदरमुकामको रुपमा हेटौंडा नै रहेको स्पष्ट पारे ।

नेपाली काँग्रेस संसदीय दलको बैठकको निर्णय सार्वजनिक हुँदा अब काँग्रेसले राजधानी हेटौंडाको विपक्षमा मतदान गर्छ भन्ने व्यापक भएको थियो । तर, सो आँकलनलाई अन्यथा प्रमाणित गर्दै नेता बानियाँले आज प्रदेशसभा बैठकमा धाराप्रवाह धारणा राखे ।

संविधान विपरित प्रदेशसभाको अधिकार कुण्ठित हुने गरी नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णय बेठिक भएको तर्क गर्दै नेता बानियाँले ऐतिहासिक र दीर्घकालिन निर्णय गरिने समेत बताए । आज हामीले गरेको निर्णय ऐतिहासिक र सुझबुझपूर्ण थियो भन्ने हुनुपर्छ–उनले भने ।

बानियाँले प्रदेशसभामा बोल्दै भने – हामीले गरेको निर्णय दीर्घकालिन रहेछ, ऐतिहासिक रहेछ र हामीले गरेको निर्णय युगयुगसम्म पुस्ताले हेर्न लायको रहेछ भन्ने प्रमाणित गरौँ ।

सत्ता पक्षको नेता झै उनले हेटौंडा नै राजधानी हुने बारम्बार दोहोर्याए ।

नेता बानियाँले प्रदेशसभामा राखेको धारणाको सारसंक्षेप :

हामीले जे भनेर सपथ खाएका थियौँ त्यस अनुसार यो प्रदेशवासीको हितको निम्ति हामीले केके गर्यौ त । प्रदेशसभाले के–के गर्यौ, सरकारले के–के गर्यो ।

लामो समय संसद नहुनु संसद नभएको कारणले यो प्रदेशमा घटेका घटनाहरु, गतिविधि र मुलुकको हीत तथा चासोको विषयमा छलफल हुन पाएन ।

हामी प्रदेशसभाबाट राजधानी र यसको नामाकरणको विषय टुंग्याउन सक्षम छौं । किन दुई वर्ष विताएर नेकपा सचिवालयबाट निर्णय गराउने वातावरण बनाइयो ? प्रदेशसभाको अधिकारलाई पन्छाएर प्रकृया गलत गरियो ।

तर, राजधानी र नामाकरणको विषयमा नेकपा निर्णयको समर्थन गर्छु । प्रकृयालाई पन्छाएर निर्णय भएकोमा खेद व्यक्त गर्दछु । मुलुक समृद्धिमा अघि बढ्न सकेन ।

दुइ तिहाइको सरकार हुँदा पनि केन्द्रीय नेतृत्वको मुख ताक्न पर्ने अवस्था छ । हिजो काँग्रेसले द्वन्द्व मेटिने पहिचान भेटिने भनेको थिया,- त्यो भनेको यहि हो– संघीयता ।

हिजो एकात्मक शासन राज्य थियो त्यहाँ सिमित मानिसले स्रोत र साधन प्रयोग गर्थे । सबै जात धर्मको यो व्यवस्था हो । सबैले आफ्नो अपनत्व पाउने व्यवस्था हो ।

२०६२/०६३ पछिको आन्दोलनबाट हामीले पनि सहमति सहकार्यको राजनीतिको आधारमा मुल्ुकलाई निकास दियौँ । संविधान जारी गर्यौँ । र, तराइसमेतलाई मिलाएर तीन तहको निर्वाचन सम्पन्न भो । र, आज मुलुकमा यो व्यवस्था चलेको पनि १२ वर्ष भयो ।

जनताले के के पाए, नेताले के के पाए तर मिडियाकर्मीले न्यूजमात्र पाए । भ्रष्टाचार बढेको छ । अनियमितता बढेको छ । सरकार बहुमतको छ अनि किन आज जनता निकासबाट विकासबाट समृद्धिबाट किन अगाडि बढ्न सकेन । शब्दमा सुखी नेपाली समृद्ध नेपाल तर व्यवहारमा के भइरहेको छ ?

हेटौंडा १९ वटा जिल्लाको सदरमुकाम हिजो पनि थियो । सेना प्रहरीको क्षेत्रीय कार्यालयदेखि लिएर तमाम क्षेत्रीय कार्यालयहरु हिजो पनि थियो ।

यो हिसाब किताबले सामरिक दृष्टिकोणले हेटौंडा राजधानी हेटौंडाका जनताको लागि मात्र होइन, यो देशकै लागि हो । हेटौंडा प्रदेशको राजधानी अनिवार्य थियो अनिवार्य छ र अनिवार्य रहन्छ ।

राष्ट्रियता, स्वाधिनता र अखण्डता र नेपालको सार्वभौमिकतालाई हेर्ने हो भने हेटौंडाको अनिवार्यता देखिएको रहेछ जसका कारणले दुई वर्षपछि पनि नेकपा सचिवालयले महसुस गर्यो र निर्णय गर्यो ।

पक्कै पनि दलीय व्यवस्थामा पार्टीले केही कुरा भन्यो होला भन्छ यो स्वभाविक प्रकृया हो । संवैधानिक प्रकृृया भएन कि भन्ने कुरामा मात्र हाम्रो आपत्ति हो । आजको दिनमा घर अगाडि, आँगन अगाडि र बारीको डिलमा राजधानी खोजेर कसैले पनि पाउँदैन ।

त्यो हुन सक्दैन । हिजोको दिनमा नेपालको राजधानी काठमाडौँ हुँदै गर्दा हुम्ला जुम्ला र ताम्लेजुङका जनताको लागि राजधानी पाएक परेको छ ? काठमाडौँ पाएक पर्छ ? त्यसकारण निर्णय गर्दै गर्दा कहिँ पाएक कहिँ अपाएक हुन्छ ।

यो स्वभाविक कृया हो । हामी भन्दा पचासौ भोटा फटाएका नेताहरुले गरेका निर्णयहरु पनि हामीले मनन गर्नै पर्छ । ठिक हो दलको आआफ्नै बैठक हुन्छ । दलको बैठकमा आन्तरिक छलफल हुन्छ ।

भोलि सभामुख ज्युले विषय प्रवेश गर्दा आ आफ्ना कुरा दर्ज गर्न हामीले पाउँछौँ । कसैले हेटौंडा भन्ने कसैले काभ्रे भन्ने । सबैले आ आफ्ना कुरा भन्न पाइन्छ ।

मैले बुझेको दलीय व्यवस्था, मैले बुझेको लोकतन्त्रमा दल पनि हुन्छ दलको संसदीय दल पनि हुन्छ र विशेष परिस्थितिमा ह्वीप पनि हुन्छ ।

यो हामीले इतिहास लेख्ने बेला हो । इतिहास कोर्ने बेला हो । केही ढिलो होला तर हामीले गरेको निर्णय ऐतिहासिक हुनुपर्यो । प्रदेशसभाले गरेको निर्णय सुझबुझ हुनुपर्यो ।

हामीले गरेको निर्णय दीर्घकालिन रहेछ ऐतिहासिक रहेछ र हामीले गरेको निर्णय युगयुगसम्म पुस्ताले हेर्न लायको रहेछ भन्ने हुनुपर्यो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*