समाचार
राक्सिराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आएको छ । राक्सिराङ–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको सो पालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुई वटा टोलका स्थानीय बासिन्दा गरी तीन सय...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनायो स्थापना दिवस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार अख्तियार दुरुपयोग अनुसंधान आयोगको स्थापना दिवस मनाइएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाले एक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं स्थापन दिवस मनाएको हो । आयोगको कार्यालय हेटौंडामा भएको कार्यक्रमको बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उद्घाटन गरेका हुन् ।...
महिला हत्या आरोपमा एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–९, विजय चोकमा रहेको एक होटलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, गौशालाको टोलीले दोलखा घर भएका एक जना पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका ती पुरुषको नाम भने सार्वजनिक गरेको छैन...
एमाले महासचिव पोखरेल चढेको गाडी दुर्घटना
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना भएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएर दुर्घ६ना भएको हो । दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश...
कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी फागुन ३ गते बस्ने गरी आह्वान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पार्टी कार्यालय सानेपामा बस्ने उक्त बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुने...
रुकुम पश्चिमका २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजारभन्दा बढी लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाएका छन् । गत कात्तिक १७ गते शुक्रबार गएको भूकम्पबाट पीडित भएको रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ...
महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय सदस्यको भेला
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका सन्दर्भमा केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल थालेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरको एक होटलमा कांग्रेस केन्द्रीय सदस्यहरू भेला भएका छन् । छलफलमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, योगेन्द्र चौधरी, मधु आचार्य, कान्तिका सेजुवाल, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, राजन केसी, प्रतिमा गौतम, शान्ति...
नेपालबाट ४५९ विदेशी नागरिक निष्कासित
काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा ४५९ जना विदेशी नागरिकलाई निष्कासित गरिएको छ । अध्यागमन विभागले सन् २०२३ मा ४५९ विेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको जनाएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सोबारे जानकारी गराएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७...
नगद रकमसहित ६ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारीसहित ६ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद...










