समाचार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी आह्वान गरिएको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । आजबाट सुरु हुने उक्त बैठक सोमबारसम्म संचालन हुने प्रवक्ता सापकोटाले बताए । उनका अनुसार, बैठकमा...
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
जिल्ला अदालत मकवानपुरले आजदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने
मकवानपुर । जिल्ला अदालत मकवानपुरले आजबाट नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । अदालतको सुविधायुक्त भवन बनेको करिब ३ महिनापछि सो भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । उनका अनुसार, अदालतको भवन निर्माण बापतको रकम निर्माण व्यवसायीलाई अर्थ मन्त्रालयले रकम...
तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आजराज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । सो बैठकमा अध्यागमनमा देखिएको समस्या,...
विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु
मलेखु । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो उछिट्टिएर आफ्नै शरीरमा रेटिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते...
हेटौंडा जेसीजको आयोजनामा बहु शाखा संसदीय बैठक प्रणाली तालिम
मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा बहु शाखा संसदीय बैठक प्रणालीसम्बन्धी दुई दिने तालिम समापन भएको छ । हेटौंडा–२, होटल पल्पसा प्यारेडाईजमा भएको तालिम शुक्रबार सुरु गरी शनिबार समापन गरिएको हो । उक्त तालिमको हेटांैडा जेसीज वर्ष १९८१ का शाखा अध्यक्ष अंगद प्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । यस्तै, तालिमको...
आमा बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आफ्नो आमा , बुवा र दाईको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् । उनले आफ्नो आमा केशरी रुम्बा, बुवा सुनलाल रुम्बा र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतिक्षालय निर्माण गरेका हुन् । करिब एक लाख ५० हजार लागतमा निर्माण गरिएको...
हेटौंडामा नवजात शिशु मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा शुक्रबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ । उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–११, नजिक बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटनास्थलबाट कानुनी प्रक्रिया...
अचेत अवस्थामा भेटिएकी मकवानपुरकी लोप्चनको मृत्यु
मकवानपुर । अचेत अवस्थामा भेटिएकी मकवानपुरकी विष्णुमाया लोप्चनको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, भालुखर्क बस्ने लोप्चनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ६४ वर्षीया लोप्चन शुक्रबार साँझ आफ्नै घरदेखि बारीमा साग टिप्न गएकी थिइन् । अबेरसम्म घर नफर्किएपछि...
आजको मौसमः केही स्थानमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना...








