समाचार
प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु
काठमाडौं । प्रहरीको भ्यानबाट लडेर गएराति प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खसेका थिए...
सरकारी छाप तथा कागजपत्र कीर्ते गर्ने पक्राउ
नवलपरासी । नवलपरासी पूर्वबाट प्रहरीले विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा बिहीबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विनयी त्रिबेणी गाउँपालिका– ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियार पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय...
‘केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्दैछौँ’
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनभित्रै प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । गृहमन्त्री श्रेष्ठले शुक्रवार अध्यागमन विभागको ई.भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै सो कुरा बताएका हुन् । नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्बाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले...
आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार...
कोशीका नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्दै
विराटनगर । कोशी प्रदेश सरकारका पाँच जना नयाँ मन्त्रीले आज शपथ ग्रहण गर्ने भएका छन् । उनीहरुले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ लिने मन्त्रीहरुमा क्रमशः प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा, राजेन्द्र कुमार कार्की...
आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–११, बुलुपार्कमा आगोले जलेर गएराति एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय कान्छा महर्जन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको हो । आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ...
कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज हुँदै
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन रष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने जनाइएको छ । कार्यक्रममा काठमाडौँका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनले जिल्लामा सङ्गठनको अवस्था, सुधार...
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, धनुषा र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय ५० मिलिग्रामसहित बुधबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
छोरी कुट्ने बुबा धरौटीमा रिहा
मकवानपुर । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबुलाई धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौंडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गत पुस २१ गते मण्डलले आफ्नी ४...
आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने भएको हो । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ...










