समाचार

वैदेशिक रोजगारका साढे ३ हजार उजुरी दर्ता

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा वैदेशिक रोजगार सम्बन्धी ३ हजार ४०० भन्दा बढी उजुरी परेका छन् । चालु आर्थिक वर्षको गत साउनदेखि पुस महिनासम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट...

५ अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज नेप्से बढेसँगै कारोबार समेत केही बढेको छ...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । नियमित बैठक भएकाले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने जनाइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

जसपाद्वारा महाधिवेशनको कार्यक्रम सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रम अनुसार, महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गतेदेखि २०८१ वैशाख २० गतेसम्म गरिसक्नु...

माओवादीको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न केन्द्रीय समिति र स्थायी समिति बैठक आह्वान गरिएको पार्टीका सचिव गणेश शाहले जानकारी दिए । आगामी फागुनको पहिलोसाता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक बस्न लागिएको...

युरोप पठाउने भन्दै ६३ लाख ठगेको आरोपमा पक्राउ

काठमाडौं । ‘युरोप पठाउँछु’ भनेर ६३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह...

साइबर अपराधका १३ हजार ३३० उजुरी

काठमाडौं । चालु आर्थक वर्षको ७ महिनाको अवधिमा साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । चालु आवको गत साउनदेखि माघ २३ गतेसम्म उक्त संख्यामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित...

आज तीन संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आह्वान गरिएको हो । जसअनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ...

मकवानपुरको राक्सिराङमा तीन दिन सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रुपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने उक्त ल्होछारको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाले बुधबार एक सूचना जारी गर्दै सो पर्वको अवसरमा...

हेटौंडा आँखा अस्पताललाई म्याट्रेस सहयोग

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस सहयोग गरिएको छ । आँखा अस्पताललाई लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले बुधबार एक कार्यक्रमबीच उक्त म्याट्रेस सहयोग गरेको हो । क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अस्पतालमा पुगेर म्याट्रेस वितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम...