रुकुम पश्चिममा साढे २६ हजारभन्दा बढी अस्थायी आवास निर्माण

तु खबर संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १७:५०

रुकुम । रुकुम पश्चिममा हालसम्म साढे २६ हजारभन्दाब बढी अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, जिल्लामा हालसम्मा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएको हो ।

जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी ८ हजार ८९८ वटा अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै, चौरजहारी नगरपालिकामा ५ हजार ५६३, मुसीकोट नगरपालिकामा ६६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६७५, त्रिवेणी गाउँपालिकामा ३ हजार २६४ र बाँफिकोट गाउँपालिकामा २ हजार ६४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले हाल पाँच हजार ६३७ अस्थायी आवास निर्माणाधीन अवस्थामा रहेका छन् ।

अस्थायी आवास निर्माणका लागि रु ७५ करोड ११ लाख ५० हजार निकासा भएको जनाइएको छ ।