बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ः३२ बजेको समयमा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
