समाचार

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती रकम माग गर्ने पक्राउ

कास्की । कास्की प्रहरीले ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–८ सिमलचौर डेरा गरी बस्नेहरू पर्वत कुश्मा नगरपालिका–२ खुर्कोट घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वत कुश्मा नगरपालिका–१४ आर्थर घर भएका ४२ वर्षीय...

मकवानपुरमा एकैदिन रोकियो चार जोडीको बालविवाह

मकवानपुर । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार जिल्लाको विभिन्न स्थानमा हुन लागेको चार जोडीको बालविवाह रोकिएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार, कैलाश गाउँपालिका—३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका—३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह...

हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम

मकवानपुर । हेटौंडामा दुई दिने खेल पत्रकारिता तालिम सुरु भएको छ । तालिम जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारबाट सुरु भएको हो । उक्त तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले उद्घाटन गरेका थिए । फुटबल खेलको नियम,...

नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी, भान्छेका लागि ६३,...

आज यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही प्रदेशमा हिमपातको सम्भाना रहनुका साथै तराईमा हुस्सु लाग्ने जनाएको छ । महाशाखाले आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव र त्यसको...

माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज दिउँसो ३ बजेबाट बस्ने पार्टीका सचिव गणेश साहले जानकारी दिए । भोलिसम्म बस्ने स्थायी समिति बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीबारे छलफल हुने सचिव साहले बताए । बैठकमा उपाध्यक्ष पम्फा भुसाल...

आगोमा जलेर गम्भीर घाइते भएकी महिलाको मृत्यु

मकवानपुर । आगोमा जलेर गम्भीर घाइते भएकी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी–६ तारगाँउकी स्थानीय ४५ की पार्वती रम्तेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत माघ १९ गते आफ्नै घरमा आगो ताप्ने...

एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको जनाएको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप...

दुई जना मृत अवस्थामा फेला

काठमाडौं । नेपाल प्रहरीले छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट दुई जना मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट उनीहरु मृत अवस्थामा फेला परेको जानकारी गराएको हो । प्रहरीका अनुसार, झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर...

नक्कली नोटसहित पाँच जना पक्राउ

बारा । बारा प्रहरीले एक हजार दरको अवैध नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र...