बागमती प्रदेशसभा बैठक बोलाउने सरकारको तयारी
मकवानपुर । बागमती प्रदेशसभा बैठक बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी फागुन १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक बोलाउने तयारी गरेको हो ।
प्रदेशसभा अधिवेशन आह्वान गर्ने विषयमा प्रदेश सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय गर्ने तयारी गरिएको एक सांसदले बताए ।
सोहीअनुसार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष पत्राचार गर्ने तयारी गरिएको उनको भनाई छ ।
प्रदेशसभा बैठक आह्वान गर्नु अगाडि फागुन १३ मा सर्वदलीय बैठक आह्वान गरिएको पनि उनले बताए ।
बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गते बसेको थियो । वर्षे अधिवेशन अन्त्य गरेको ४ महिना पूरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्ने सकिएको छैन ।
