हेटौंडामा एक वृद्ध मृत फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ गोल्फिङटारमा आज बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा स्थानीय अन्दाजी ७० वर्षीय हरिबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, क्षेत्री ८ः१५ बजेको समयमा आफ्नै भुई तले घरमा फलामको बलोमा नरिवलको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
