धादिङमा बस र ट्रक ठोक्कियो, २० जनाभन्दा बढी घाइते

तु खबर संवाददाता
२०८० फाल्गुन ५, शनिबार १५:४७

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उक्त दुर्घटनामा परेर २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सो बसमा ३० जना तीर्थयात्री सवार थिए ।