आइतबार सेयर बजारमा २७ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ ।
कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा पुगेर रोकिएको छ ।
यस्तै, आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका छन् । यसबाहेक २२५ वटा कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।