समाचार
नवौँ जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काठमाडौँ । नवौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ सम्पन्न भएको छ । जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो । काठमाडौंमा आयोजित प्रतियोगिताबाट रविना गोले प्रथम भएकी छन् । मिसाकी जापानीज...
नक्कली मदिरा कारोबार गर्ने दुई जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौंमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो ।...
ट्रकको ठक्करबाट कम्प्युटर अपरेटरको मृत्यु
विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरी रहेका छन् । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा उत्तरबाट...
एकीकृत समाजवादीले १० जिल्लालाई पुरस्कृत गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विभिन्न १० वटा जिल्लालाई पुरस्कृत गर्ने भएको छ । एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको हो । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत...
बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आइतबार एक कार्यक्रमबीच मानव आयोगका निमित प्रमुख रेवा रेग्मीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् । निमित प्रमुख रेग्मीले...
हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तामाङ साँस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । सोनाम ल्होछारको अवसरमा तामाङ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवम् नेपाल तामाङ घेदुङ जिल्ला...
हेटौंडामा सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिने सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम जेरिना कम्प्युटर इन्फोसिसको आयोजना तथा रुजी–रेइ ब्राण्डको सहयोगमा भएको भएको हो । सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक कुशवाहाले जानकारी दिए...
हेटौंडाबाट दुई युवक पक्राउ
मकवानपुर । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर १६ चिसापानीबाट लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बकैया गाउँपालिकाका २१ वर्षीय कुशल खड्का र हेटौंडा–१६ बस्ने २२ वर्षीय अञ्जन खड्कालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, अञ्जनको साथबाट लागूऔषध ट्रामाडोल...
मातृभूमि साहित्य समाजको अध्यक्षमा दाहाल
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दाहाल खराल, कोषाध्यक्षमा मीरा शर्मा गुरागाईँ, सचिवमा किसन...
अवैध गाँजासहित दुई जना टेम्पो चालक पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित प्रहरीले शनिबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका–११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिशेक शेर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका...










