समाचार
स्थापना दिवसमा खेलकुद प्रतियोगिता र रक्तदान कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मूल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रियाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा अयोजित नगर...
मकवानपुरको बकैयामा बाघले मार्यो १९ वटा खसी–बाख्रा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा ६ स्थित सुधामा बाघको आक्रमणबाट १९ वटा खसी–बाख्रा मरेका छ्न् । आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसी–बाख्रा बाघले मारेको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिइन् । उनका अनुसार, बाघले स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा, कान्छिमाया...
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा, विज्ञान तथा...
मकवानपुरको बागमतीमा फागुन १ गते सार्वजनिक विदा
मकवानपुुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । पालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । पालिकाले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । पालिकाको गाउँ कार्यपालिकाको गत माघ १४ गतेको निर्णय...
पेस्तोलसहित एक युवक पक्राउ
जनकपुरधाम । सिराहाबाट कटुवा पेस्तोलसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादवलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/०८० पेस हुने जनाइएको छ । यस्तै, बैठकमा सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको हो । बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आज पनि समसामयिक...
चुरियामाई सुरुङको जीर्णोद्धार सम्पन्न
मकवानपुर । दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ जीर्णोद्धार सम्पन्न भएको छ । २०७९ साल वैशाख १९ गतेसम्म सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिएपनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण...
कांग्रेस महासमिति बैठकका लागि उपसमिति सदस्य मनोनित
काठमाडौं । नेपाली कांग्रेसले गोदावरीमा हुने महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना सदस्यहरू मनोनित गरेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको सो उपसमितिमा सदस्यहरु मनोनित गरिएको बताए । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।...
विश्व कीर्तिमानी धावकको दुर्घटनामा परेर मृत्यु
काठमाडौं । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा परेर मृत्यु भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा परेर २४ वर्षीय केल्भिनको मृत्यु भएको बताइएको छ । उनीसँगै उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमान पनि उक्र दुर्घटनामा परेर मृत्यु भएको एएफपी न्यूज एजेन्सीले जनाएको छ । एएफपी...










