वीरगंजमा कर्फ्यु जारी

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:१०

वीरगंज । दुई समुदायबिचको तनाव कारण वीरगंज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ ।

सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर, पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दोस्रो दिनको कर्फ्यु जारी भएपछि बजार पूर्णरुपमा ठप्प भएको छ ।