पर्साबाट दुई करोडको अवैध सामान बरामद

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार ०८:२५
फाईल तस्बिर

काठमाडौं । पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको हो । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्वरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना ४ ख ४३०१ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो । ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।