हृदयघातले लियो सशस्त्र प्रहरी उपरीक्षक थपलियाको ज्यान

तु खबर संवाददाता
२०८० भाद्र २, शनिबार १६:३२
file photo

पर्सा । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको शनिबार मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक ४४ वर्षीय थपलियाको हृदयघातका कारण मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शनिबार बिहान करिब ११ बजे गण परिसरमा थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।