बौद्धबाट १४ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:०१
फाइल फोटो

काठमाडौं । अनुमति नलिइ बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बौद्धको नयाँ बस्तीस्थित एमजिएम स्नुकरबाट आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, छुल्टिम लामाले संचालन गरेको स्नुकरमा संचालित बिंगोको खालबाट प्रहरीले १ लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ ।

एक पटकमा १ सय र दुई सयको कुपन लिएर बिंगो खेल्ने गरिन्छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।